काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक को पक्राउप्रति कडा आपत्ति जनाएको छ।नेता पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै उक्त कदम गैरकानुनी रहेको उल्लेख गर्दै तत्काल रिहाइको माग गरेका छन्। उनले प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले कानुनी राज्यको मूल्यमान्यतामाथि प्रश्न उठाएको बताएका छन्।
विज्ञप्तिमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनले अनुसन्धान र अभियोजनका लागि सरकारलाई सिफारिस गर्ने मात्र व्यवस्था गरेको भए पनि त्यसलाई बेवास्ता गर्दै सीधै पक्राउ गरिएको भन्दै आपत्ति जनाइएको छ।
देउवा पक्षले यस घटनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै नयाँ सरकार संविधान र लोकतान्त्रिक मूल्यबाट विचलित भएको आरोप लगाएको छ।साथै, पक्राउको विरोधमा संवैधानिक तथा राजनीतिक प्रतिरोधमा उत्रिने चेतावनी समेत दिइएको छ।









