काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देशभरका मतदाताबाट पार्टी रूपान्तरणपछि देश रूपान्तरणको अभियान अघि बढाउन आग्रह आएको बताएका छन्।
नेता पौडेलका अनुसार विभिन्न स्थानबाट मतदाताहरूले फोन गरेर नेपाली कांग्रेसलाई रूपान्तरण गरेको भन्दै अब देशलाई पनि रूपान्तरण गर्ने प्रक्रियामा उत्साहजनक ढंगले अघि बढ्न सुझाव दिएका छन्।
“देशभरिका मतदाताहरूले फोन गरेर तपाईंहरूले कांग्रेसलाई रूपान्तरण गर्नुभयो, अब देशको रूपान्तरण गर्ने प्रक्रियामा तपाईंहरू उत्साहजनक ढंगबाट अगाडि बढ्नुहोस् भन्नुभएको छ,” पौडेलले भने, “यसले हामीलाई अझ उत्साहित बनाएको छ।”
उनले जनताबाट आएको विश्वास र समर्थनलाई जिम्मेवारीका रूपमा लिएर देशको समृद्धि, सुशासन र स्थायित्वका लागि नेपाली कांग्रेस अघि बढ्ने बताए।
पौडेलले राजनीतिक स्थायित्व, आर्थिक विकास र लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउन कांग्रेसले निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
देशभरबाट आएको सकारात्मक प्रतिक्रियाले अझ उत्साहित भएको कांग्रेस महामन्त्री पौडेलको भनाइ






