काठमाडौं । एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी ओली र ईश्वर पोखरेलले बुधबार बिहान साढे ९ बजेदेखि विद्युतीय मेसिनबाट मतदान गरिसकेका छन् ।

बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा केही ढिला गरी मतदान सुरु भएको हो । महाधिवेशन प्रतिनिधिहरु मतदानको लागि मतदानस्थल भृकुटीमण्डपमा शान्तिपूर्ण रुपमा लाइनमा बसेका छन् ।

ADVERTISEMENT

यसअघि मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मतदान चौथोपटक सारिँदै बुधबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएको थियो । तर, आज पनि निर्धारित समयमा मतदान सुरू नभइ केही समयपछि मतदान सुरू भएको छ । २९ मंसिरसम्म तय भएको महाधिवेशन मतदान प्रक्रियामा ढिलाइ भएकाले कम्तीमा दुई दिन धकेलिएको छ ।

ADVERTISEMENT