काठमाडौं । एक युवकको शव हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा फेला परेको छ ।उक्त युवक विदेश जाने तयारीमा रहेका थिए।  

२ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा मृत अवस्थामा भेटिएका थिए ।

ADVERTISEMENT

इनारमा बोरा तैरिएको अवस्थामा निकालेर हेर्दा शव फेला परेको हो । २४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए । 

हत्या आरोपमा एक जनालाई पक्राउ समेत गरिएको स्रोतले जनाएको छ  । प्रहरीका अनुसार टाउकामा प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ ।

ADVERTISEMENT

शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको  छ । उनको हातखुट्टा, मुख टेपले बाँधिएको अवस्थामा भेटिएको थियो  ।