ललितपुर।  गोदावरी नगरपालिका वडा नम्बर १३ का नेकपा एमालेका पूर्व इकाई सचिव मनोज खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। अनेरास्ववियु अखिल तथा युवा सङ्घमा विभिन्न जिम्मेवारी सम्हालिसकेका खड्काले नेकपा एमाले परित्याग गर्दै कांग्रेस रोजेका हुन्।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार तथा नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले घरदैलो कार्यक्रमका क्रममा खड्कालाई पार्टीमा स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

यस अवसरमा सहमहामन्त्री राणाले खड्का जस्ता सक्रिय र जिम्मेवार युवाको कांग्रेस प्रवेशले पार्टी संगठन थप सुदृढ र गतिशील बन्ने विश्वास व्यक्त गरे। उनले पार्टीमा प्रवेश गर्ने सबैलाई उनीहरूको क्षमता, अनुभव र योगदानका आधारमा उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

नवप्रवेशी खड्काले देशमा लोकतन्त्र, विकास र सुशासनको पक्षमा काम गर्न आफू नेपाली कांग्रेसमा आवद्ध भएको प्रतिक्रिया दिए। उनले स्थानीय तहदेखि संघीय तहसम्म कांग्रेसलाई बलियो बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

ADVERTISEMENT