ललितपुर। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा बलियो समर्थन जनाएका छन्।

बिहीबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा ललितपुरका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका छन्।

ADVERTISEMENT

विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, राष्ट्रियता र लोकतन्त्रको संरक्षण, साथै समसामयिक राजनीतिमा प्रभावकारी भूमिका खेल्न गगन थापा एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ। जनप्रतिनिधिहरूले सभापतिको राजीनामालाई पूर्णतः नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको आवश्यकता औंल्याएका छन्।

ADVERTISEMENT

सह-समर्थनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन, महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर के.सी, गोदावरी उप-प्रमुख मुना अधिकारी, महालक्ष्मी उप-प्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोम उपाध्यक्ष राजन घिमिरे रहेका छन्।

जनप्रतिनिधिहरूले सभापति थापालाई पार्टीको अभिभावकत्व ग्रहण गर्न आग्रह गर्दै कांग्रेसको ऐक्यबद्धता र नेतृत्वको स्थायित्व सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

ADVERTISEMENT