काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) बिक्री गर्ने घोषणा गरेको हो। साथै, नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

ADVERTISEMENT