काठमाडौं । पार्टी फुटाएको भन्दै विघटित माओवादीका नेता कार्यकर्ताले जनार्दन शर्मालाई गृहजिल्ला रुकुमपश्चिममा कालोझण्डा देखाएका छन् । शर्मा आइतबार नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौंबाट रुकुम सदरमुकाम खलंगा पुगेका थिए ।

सधैं फूलमाला लिएर स्कर्टिङ गर्न आउने नेता कार्यकर्ताले जनार्दनलाई पार्टी फुटाएको भन्दै कालो झण्डा देखाएका हुन् । माओवादीबाट अलग भएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् ।

ADVERTISEMENT

विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले उनीविरुद्ध कालोझन्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । प्रहरी निरीक्षक हरि पुनले भने बजारमा कालोझण्डा बोकेर केही युवा हिँडिरहेको भन्ने खबर पाए पनि शर्मालाई कालो झन्डा देखाएको बारे आफूलाई जानकारी नभएको बताए ।

नवगठित दल प्रलोपामार्फत राजनीतिक यात्रा अघि बढाइरहेका शर्मा पहिलोपटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन् । अधिकांश माओवादी नेता कार्यकर्ता शर्माकाे निर्णयकाे विपक्षमा छन् । उनीहरु शर्मा नेकपामै रहून् भन्ने चाहन्छन् ।

ADVERTISEMENT