काठमाडौं । शिक्षामन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी ओलीका लागि बनाउने भनिएको ‘ओलीकुटी’प्रति कटाक्ष गरेका छन् ।
मन्त्री पुनले इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन् ।

‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ,’ आइतबार ठट्यौली शैलीमा मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाकिमले दुईजना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनुहुन्छ त उसले । कहाँ सम्मको लापरबाही हो यो, एकछिन रमाइलो ।’

ADVERTISEMENT

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेता कार्यकर्ताको पहलमा भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा १० करोड लागतमा ओलीकुटी बनाउन लागिएको छ ।

आकर्षक डिजाइनसहितको साढे दुई तलाको घर बन्ने भएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भइरहेको छ ।

ADVERTISEMENT