काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई मन्त्री थपेका छन्। पुनर्गठनसँगै बालेन नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।

प्रधानमन्त्री शाहले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीको जिम्मेवारी दिएका हुन्।

ADVERTISEMENT

गुरुङ यसअघि सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठेपछि पदबाट बाहिरिएका थिए। छानबिन समितिले उनको सम्पत्तिमा कुनै कैफियत नदेखिएको प्रतिवेदन बुझाएपछि उनी पुनः मन्त्रिपरिषद्मा फर्किएका हुन्।

ADVERTISEMENT

यस्तै, सूचना प्रविधि, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय महावीर पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व दिइएको छ।

 

ADVERTISEMENT