काठमाडौं । म्याग्दीबाट स्वतन्त्र निर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले रास्वपाबारे भविष्यवाणी गरेका छन् । दुई तिहाइ बहुमत ल्याएको रास्वपाले सरकार बनाउन गइरहेका बेला उनले आफूले भनेको काम नगरे कालान्तरमा रास्वपा हराएर जाने भविष्यवाणी गरेका छन् ।

पूर्वशिक्षामन्त्री पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् । पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनुपर्ने पनि बताएका छन् ।

ADVERTISEMENT

‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनुपर्छ,’ उनले लेखेका छन्, ‘नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ ।’

ADVERTISEMENT

सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र रास्वपा पनि कालान्तरमा हराएर जाने पूर्वमन्त्री पुनको टिप्पणी छ । ‘तीन महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु ।’

पुन बालेन सरकारमा मन्त्री बन्न चाहन्छन् । उनल नवप्रवर्तन मन्त्रालयको माग गरेका छन् । तर रास्वपाले उनलाई मन्त्री नबनाउने भएको छ । सोही कारण पुनले रास्वपाबारे भविष्यवाणी गरेको चर्चा चलेको छ ।

ADVERTISEMENT