सुदूरपश्चिम, गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शुक्रबार निरीक्षण गरेका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्रीले भवनको वर्तमान अवस्था तथा सेवासञ्चालनबारे जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले भदौ २४ गते आन्दोलनका क्रममा कार्यालयमा पुगेको क्षति र पुनःसञ्चालनका लागि भइरहेको कामबारे ब्रिफिङ दिएका थिए। गृहमन्त्री अर्यालले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र प्रशासनिक सेवा सुचारु गर्न संघीय सरकार आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन्।

ADVERTISEMENT

सो अवसरमा प्रदेश निजामती कर्मचारी संघका प्रतिनिधिले प्रदेश तथा स्थानीय तहका निजामती कर्मचारीको मर्यादाक्रमसम्बन्धी समस्या गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण गराए। उनीहरूले संघीयताको भावना र सहअस्तित्वको सिद्धान्तअनुसार तीनै तहका समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एकरूप हुनुपर्ने माग प्रस्तुत गरे।