काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले कुल १५ अर्ब ८४ करोड बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले कुल १५ अर्ब ८४ करोड ८२ लाख  रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

चार महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख बीमाशुल्क संकलन गरेको छ ।

ADVERTISEMENT

त्यसैगरी, शिखर इनस्योरेन्सले १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको चार महिनामा हिमालयन एभरेष्टले १ अर्ब ६० करोड ५८ लाख बीमाशुल्क संकलन गरेको छ भने एनएलजि इन्स्योरेन्सले १ अर्ब २६ करोड २२ लाख संकलन गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, चार महिनामा आइजिआई प्रिडेन्सियले १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्सले ९२ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै,चार महिनामा नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड ८२ लाख कुल बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, चार महिनामा युनाइटेड अनोड इन्स्योरेनले १ अर्ब ७ करोड ३७ लाख कुल बीमा शुल्क संकलन गरेको छ भने सानिमा आईसी इन्स्योरेन्सले १ अर्ब २ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । सो अवधिमा प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख संकलन गर्दा नेपाल इन्स्योरेन्स कम्पनीले ८६ करोड ६२ लाख कुल बीमाशुल्क संकलन गरेको छ ।

साथै, नेशनल इन्स्योरेन्सले चार महिनामा ५० करोड ९५ लाख संकलन गरेको छ ।