काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अंकले घटेर २६४९.५२ बिन्दुमा पुगेर बन्द भएको हो ।

आइतबार ३ सय ४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३ सय ७२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४ सय ३३ रुपैयाँ बराबरको  कारोबार भएको छ ।

आइतबार ४५ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ११ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

ADVERTISEMENT

आइतबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ५ लाख रुपैयाँ बराबर कारोबार  हुँदा सेयर मूल्य प्रतिकित्ता ८ सय ५९ रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

साथै, आइतबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.९९ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT