काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा उक्लेको छ।

नेप्से बढे पनि कारोबार रकम घटेको छ। सोमबार चार अर्ब २६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३३५ स्टकको ६२ हजार २५ पटकको कारोबारमा तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको ७७ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ।

ADVERTISEMENT

सोलु हाइड्रोपावर कम्पनीको २३ करोड ५७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको साढे १२ करोड, नेसनल हाइड्रोपावरको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ।

मंगलबार अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशत बढेको छ। सोलु हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।