काठमाडौं। नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न इच्छुक बैंकहरूका लागि सिलबन्दी प्रस्ताव आह्वान गरेको छ। २असोज २ गते प्रकाशित सूचना अनुसारको लगानी प्रक्रिया रद्द भइसकेको बोर्डले जानकारी दिएको हो ।
बोर्डका अनुसार अक्षय कोषको रकम र लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति, २०६७ को अधिनमा रहेर मुद्दती खातामा लगानी गर्नुपर्नेछ। इच्छुक बैंकहरूले १ वर्षे व्याजदर सहित सिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन्।
सिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिन आज अर्थात् मंसिर ११ गते कार्यालय समयको एक घण्टा अघि तोकिएको छ। प्राप्त प्रस्तावहरू सोही दिन अपरान्ह ४ः०५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिनेछ।
लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डको अधिकारमै रहनेछ। थप जानकारीका लागि इच्छुक बैंकहरूले बोर्डको लेखा तथा वित्त शाखासँग सम्पर्क गर्न आग्रह गरेको छ ।





