काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दिएको बुक बिल्डिङको अनुमतीप्रति शेयर लगानीकर्ताहरुले असन्तुष्टी जनाएका छन् । कम्पनीको वास्तविक वित्तीय अवस्था, खुद मुनाफा, लगायतका धेरै बिषयलाई अध्ययन गरेर नेप्सेले बुक बिल्डिङको लागि अनुमती दिनुपर्नेमा हचुवाको भरमा अनुमती दिएको भन्दै लगानीकर्ताहरुले असन्तुष्टी जनाएका हुन । 

नेप्सेले बैशाखको पहिलो साता बुक बिल्डिङ्गमार्फत सेयर निष्काशन गर्ने सातवटा कम्पनीहरूको सूची सार्वजनिक गरेको थियो । नेप्सेका अनुसार बुक विल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम उक्त सुची सार्वजनिक गरिएको हो । बुक बिल्डिङ्ग विधिमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि छुट्याएको शेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको यो अधावधिक सूची सरोकारवाला सबैको जानकारीको लागि प्रकाशित गरिएको हो, नेप्सेले त्यतिबेला सार्वजनिक सुचना जारी गर्दै भनेको थियो । बिगतमा सार्वजनिक गरिएका पाँच वटा र पछि थप गरिएका दुई वटा समेत गरेर नेप्सेले बुक बिल्डिङको लागि छनौंट गरिएका सात वटा कम्पनीहरुको नामावली सार्वजनिक गरेको जानकारी पनि नेप्सेले दिएको थियो ।  

ADVERTISEMENT

नेप्सेका अनुसार बुक बिल्डिङको लागि छनौट गरी सम्झौंता गरेका कम्पनीहरुमा यती ब्रुअरी लिमिटेड, नर्भिक इन्टरनेशनल हष्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाईम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड, पुर्वाञ्चल ल्युव आयल लिमिटेड र नेपाल चिया बिकास निगम लिमिटेड रहेकाछन् । यि कम्पनीहरुले संस्थागत लगानीकर्ताहरुको लागि छुट्याएको कित्ता मध्ये यती ब्रुअरीको अंकित तथा चुक्ता मुल्य ५० रुपैंयाँका दरले आठ लाख ६० हजार आठ सय कित्ता रहेको छ । यसबाहेकका कम्पनीहरुले भने एक सय रुपैंयाँ अंकित तथा चुक्ता मुल्य कायम रहने गरी क्रमशः आठ लाख १६ हजार चार सय ८० कित्ता, १८ लाख कित्ता, चार लाख ३४ हजार छ सय कित्ता, १८ लाख कित्ता, छ लाख कित्ता र दुई लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत संस्थागत लगानीकर्ताहरुको लागि छुट्याएका जानकारी नेप्सेले दिएको छ ।  यी सबै कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत सेयर निष्कासन प्रक्रिया अगाडि बढाउन नेप्सेसंग सम्झौंता गरेका हुन । यो विधिअनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको मूल्य निर्धारण गर्न शिलबन्दी बोलपत्र (बिडिङ) प्रक्रिया सञ्चालन गरिन्छ । बुक बिल्डिङ्ग प्रणालीमा ठूला संस्थागत लगानीकर्ताहरूले प्रारम्भिक रूपमा सेयरको मूल्य प्रस्ताव गर्ने व्यवस्था हुन्छ । ती प्रस्तावहरूको आधारमा अन्तिम सेयर मूल्य तय गरिने भएकाले बजार–आधारित मूल्य निर्धारण हुन सक्ने नेप्सेको भनाई छ । 

लगानीकर्ताहरुले भने बुक बिल्डिङको लागि दिएको अनुमती उपयुक्त नभएको भन्दै फरक मत राखेका छन् । हचुवाको भरमा स्वार्थ प्रेरित ढंगले अनुमती दिईएका कम्पनीहरु बुक बिल्डिङको लागि योग्य नभएको शेयर लगानीकर्ता प्रकाश रजौरे बताउँछन । बुक बिल्डिङको लागि जुन जुन कम्पनीहरुले अनुमती पाए ति, कुनै पनि कम्पनीहरुको वित्तीय विवरण हेर्न नपाएको भन्दै उनले हचुवाको भरमा बुक बिल्डिङको लागि अनुमती दिनु दुराशाययुक्त भएको उनको भनाई छ । बिगतमा नेप्सेले बुक बिल्डिङको लागि अनुमती दिएर शेयर निष्काशन गरेको रिलायन्स स्पीनिङ मिल्ससंग सम्वन्धीत मुद्धा अहिले बिचाराधिन अवस्थामा रहेको छ । सर्वोत्तम सिमेन्टको अवस्था पनि त्यति राम्रो छैन, यस्तो अवस्थामा नेप्सेले हचुवाको भरमा बुक बिल्डिङको लागि अनुमती दिन्छ भने हामी आम लगानीकर्ताहरुको लागि त्यो कसरी मान्य हुन्छ, रजौरे भन्छन ।  

बुक बिल्डिङ कै बिषमा नेपाल धितोपत्र बोर्डका पुर्व निर्देशक निरज गिरीले भने बोर्डले तोकिएका बिभिन्न क्राईट एरियाहरु पुरा गरेकै आधारमा नेप्सेले ति कम्पनीहरुलाई बुक बिल्डिङको लागि अनुमती दिएको हुन सक्ने बताए । बुक बिल्डिङमा धेरै प्रकृयाहरु हुन्छन, बुक बिडरहरुलाई दिने मुल्य, फाईनान्सिङ, रोड शो, प्राईस बाईडिङ आदि । यि सबै प्रकृयाहरु पुरा गरेको आधारमा ति कम्पनीहरुले अनुमती पाएका हुन सक्छन, उनले भने ।