काठमाडौ । नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जानकारी दिएको छ ।
बोर्डले उक्त बुँदा थप गर्दै बोर्डमा धितोपत्र दर्ता गरेका समपूर्ण संगठित संस्थाहरुले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन समेत दिएको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा (७) थपः धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४० को उपदफा (६) पछि देहायको उपदफा (७) थपिएको छः
बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरुले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांश बाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ ।






