काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन अवश्यम्भावी भएको बताएका छन् । उनले कांग्रेस विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था पार्टीकै विधानमा नरहेको दाबी गरेका छन् ।

मंगलबार उदयपुरको गाइघाटमा आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गरिसकेपछि महामन्त्री शर्माले विधानमा विशेष महाधिवेशन दर्ताको लागि दफा भएको तर फिर्ताको दफा नभएको बताए ।

ADVERTISEMENT

‘त्यसैले विशेष महाधिवेशनको ‘‘ब्याक गियर’ हुन्न । ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ । सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ,’ उनले भने, ‘कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।’

ADVERTISEMENT

शर्माले अब प्रश्न सभापति शेरबहादुर देउवाप्रति रहेको बताए । ‘दुई महामन्त्री के भन्छन् वा ७ भाइ के भन्छन्, अब त्यो मुख्य कुरा होइन । असोज २८ मा लिखित वक्तव्य मार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनुभएको थियोे, अब त्यो कायम राख्ने कि नराख्ने मूल प्रश्न हो,’ महामन्त्री शर्माले भने ।

 

ADVERTISEMENT