काठमाडौँ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी दिनमा पार्टीले जेन–जीले मागेको सुशासनलाई प्रभावकारी रूपमा लागू गर्ने क्षमता राख्ने बताएका छन्। आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बोल्दै उनले कांग्रेस नेतृत्वले स्थिर नभई सक्रिय र परिवर्तनमुखी बन्नुपर्ने आवश्यकता औंल्याए।

शर्माले जेन–जी आन्दोलनको मूल उद्देश्य लोकतन्त्रको अन्त्य नभई सुशासन र जिम्मेवार नेतृत्व स्थापना रहेको बताए। “तपाईंहरूले माग्नुभएको थियो सुशासन, र राजनीतिक नेतृत्व जमेको पोखरी होइन, बगेको नदी जस्तो गतिशील हुनु पर्ने,” उनले भने। उनले थपे, “हामी त्यसै अनुरूप काम गर्ने संकल्प गरेका छौं। अबको दिनमा नेतृत्व जमेर बसेको पोखरी जस्तो नभई परिवर्तन र गतिशीलता लिएर अघि बढ्ने छ।”

ADVERTISEMENT

महामन्त्री शर्माले भदौ २३ को घटना सम्झँदै त्यो समय एउटा ठूलो भुल भएको पनि स्वीकारे। उनले भने, “जेन–जीहरू अन्तरिक्षबाट आएका होइनन्, उनीहरू हाम्रा भाइबहिनी र छोराछोरी हुन्। त्यो दिनको घटनाले हामीलाई गहिरो चोट पुर्यायो। त्यसपछि धेरै रात हामी निदाउन सकेनौं र आज पनि आफैंलाई प्रश्न गर्छौं यदि संसद् भवन मात्र तोडिन दिइएको भए के फरक पर्थ्यो होला?”उनको अभिव्यक्तिले कांग्रेसभित्र युवा माग र परिवर्तनको आवाजलाई सम्मान गर्दै पार्टीलाई नयाँ नेतृत्व र सक्रिय दृष्टिकोणतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

ADVERTISEMENT