काठमाडौँ । सरकारले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही थप १५ हजार रुपैयाँ दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घाइतेलाई थप १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै आजको बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिश गर्ने निर्णय गरेको छ ।

बैठकले अनुसन्धान विभागसँग सम्बन्धित विशेष सेवा ऐनलाई संशोधन गर्नका लागि अध्यादेश सिफारिश गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।