काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । ३२५ स्ट्रिप्सका एक करोड कित्ता सेयर किनबेच हुँदा चार अर्ब ७१ करोड बराबरको कारोबार भएको छ । १२४ कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।
आज युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै २७ करोडको सेयर कारोबार भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्सको १५ करोड, बन्दीपुर केवलकारको १४ करोड, नेपाल रिइन्स्योरेन्सको १३ करोड र एनआरएन इन्फ्रास्टक्चरको साढे १२ करोडको कारोबार भएको छ ।
सोमबार सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । दुवैको १०–१० प्रतिशत सेयर मूल्य बढेको छ । झापा इनर्जी, श्रीनगर एग्रटेक र ग्रिम भेन्चर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।





