काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि ग्राहकहरूलाई विशेष अफर र लाभ प्रदान गर्ने गरी सहकार्य भएको छ ।

११.११ को रूपमा विश्वव्यापी रूपमै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरूलाई अझ विस्तार गर्दै जाने नीतिअनुरूप दराज नेपालसँग सहकार्य भएको हो । यस सहकार्यअन्तर्गत २०८२ कात्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड बाहक ग्राहकहरूले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५०० रुपैयाँसम्म छुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ ।

यस प्रकारका समझदारीबाट ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, ग्राहकहरूको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

ADVERTISEMENT

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्नसक्ने योजनाको सुरुवात गरेको छ । यसअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्नसमेत सक्नेछन् ।