काठमाडौँ । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ गराएकी छन ।

निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखले प्रदेशको अस्मितालाई समाप्त पारेको बताए । विश्वासको मत नपाउने भएपछि सोनलले अस्ति शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।