काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन् ।
शुक्रबार पोखरा हुँदै अस्ताम पुगेका प्रधानमन्त्री शाह दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका हुन् । उनी शुक्रबार राति सोही रिसोर्टमा बस्ने बताइएको छ ।
प्रधानमन्त्री शाहको भ्रमण निजी रहेको बताइएको छ । उनको शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतहरूले जनाएका छन् । यद्यपि, मुस्ताङ भ्रमणको विस्तृत कार्यतालिका भने सार्वजनिक गरिएको छैन ।
शाहको अस्ताम आगमनसँगै रिसोर्ट तथा आसपासको क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ ।
प्रधानमन्त्री बनेपछि शाहको पोखरा हुँदै मुस्ताङतर्फको यो भ्रमणलाई निजी भ्रमणका रूपमा लिइएको छ ।






