काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ ।
मंगलबार १४ अर्ब ८३ करोड भएकामा आज १५ अर्ब बराबरको कारोबार भएको छ । आज २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ कम्पनीको बढेको छ । तीन करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब बराबरको कारोबार भएको हो ।
आज सबैभन्दा ङादी ग्रुपको ५२ करोड बराबरको सेयर कारोबार भएको छ । अपी पावरको ५१ करोड, शिवम् सिमेन्टको ४७ करोड, सुपर मोदीको ४६ करोड र साइप्यानल नेपालको ४१ करोड बराबरको सेयर कारोबार भएको छ ।
बुधबार रिलायन्स स्पिनिङ मिल्स र सुपर मोदी हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको छ ।






