काठमाडौं । साताको अन्तिम कारोबारमा बिहीबार दोहोरो अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.५९ अंकले बढेर २५८२.१९ बिन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको तीन मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजारले अपेक्षाकृत उचाइ लिन भने सकेन। पहिलो सर्किट ब्रेक लाग्दा १०२.४१ अंकले बढेर २६६२.०० बिन्दुमा पुगेको बजारले २० मिनेटको मार्केट हल्ट पछि खुल्दा वृद्धितर्फकै संकेत गरेको थियो। तर त्यसपछिको कारोबार अपेक्षाकृत देखिएन।

ADVERTISEMENT

बिहीबार २०० कम्पनीको सेयर मूल्य बढेको बजारमा पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार रकमका आधारमा  शिवम् सिमेन्ट्सको २७ करोड ३४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। युनियन हाइड्रापावरको कारोबार रकम २७ करोड र हिमालयन रि इन्स्योरेन्सको करिब २१ करोडको सेयर कारोबार भएको छ।

ADVERTISEMENT

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.२१ प्रतिशत बढेको छ। एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत र एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ५ प्रतिशत बढेको छ।

पुँजी बजार सुधारका लागि अर्थ मन्त्रालयले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिएको थियो। नेपाल राष्ट्र बैंकले बुधबार अबेर सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जामा लगाइएको २५ करोड रुपैयाँको सीमा हटाएपछि बिहीबार बजार खुल्ना साथ सर्किट ब्रेक लागेको थियो ।