काठमाडौ । आज तिहारको मुख्य दिन भाइटीका । भाइटीकासँगै यस वर्षको तिहार सकिन्छ । गएको आइतवार कागतिहारसँगै यसवर्षको तिहार शुरू भएको हो ।
तिहार फूल र बत्तीको पर्व पनि हो । तिहारको अवसरमा गाउँशहर फूल र बत्तीले झिलिमिली भएको छ । ठाउँठाउँमा देउसीभैलोको रौनक छ । बाटोमा फूलमाला र भाइमसला बेच्नेहरुको चहलपहल छ ।
भक्तपुरको मध्यपुर थिमि–५ व्रम्हननी टोलका धर्मसुन्दर बज्राचार्यको घरमा नेवारी परम्परा अनुसार म्हःपूजा गरिँदै ।








