भक्तपुर। महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि गएराति करिब १० बजे चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका रसाइलीलाई तत्काल उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई पक्राउ गरेको छ।

ADVERTISEMENT

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।