काठमाडौँ,  नेपाली बजारमा बुधबार सुनको मूल्य नयाँ रेकर्डमा पुगेको छ। छापावाल सुन तोलामा रु २ लाख २३ हजार कायम भएको हो, जुन अघिल्लो दिनको तुलनामा रु १,३०० ले वृद्धि हो। मंगलबार सुनको मूल्य रु २ लाख २१ हजार ७०० तोकिएको थियो।

त्यस्तै, छापावाल सुन १० ग्रामको मूल्य बुधबार रु १ लाख ९१ हजार १८५ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा रु २,६८० कायम भएको चाँदी बुधबार रु २० ले बढेर तोलामा रु २,७०० पुगेको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य मानिएको छ।