काठमाडौँ । रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत भाषा परीक्षा पास गरेका १५ हजार बढी नेपाली कोरिया जान नपाएपछि ग्वार्कोस्थित ईपिएस कोरिया शाखामा प्रदर्शन गरेका छन ।

रोजगार अनुमति प्रणाली ईपिएस अन्तर्गत भाषा परीक्षा पास गरी रोस्टरमा रहेका सिविटी, एग्रीकल्चर, म्यानाफ्याचर र शिपबिल्डिंग क्षेत्रमा भाषा पास गरेका करिब १५ हजार नेपाली कोरिया जानबाट वञ्चित भएपछि बिहिबार विरोध प्रदर्शन गरेका हुुन् ।

ग्वार्कोस्थित ईपिस कोरिया शाखामा पुगेका उनीहरूले २ वर्ष अगाडि नै भाषा पास गरेपनि रोजगारदाता समक्ष आफ्नो फाइल नपठाएको गुनासो राखेका छन् ।







