काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणमा दुई नयाँ सञ्चालक सदस्य नियुक्त गरेका छन्।मन्त्री श्रेष्ठले अंशुकिरण शाही र कृष्ण बसेललाई प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन्।

यसअघि रहेका सञ्चालक सदस्यहरूलाई सरकारले पदमुक्त गरेपछि उक्त पद रिक्त रहेको थियो।नियुक्तिअनुसार अंशुकिरण शाही निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा नियुक्त भएका छन् भने कृष्ण बसेल उपभोक्ताको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका छन्।

ADVERTISEMENT

दुवै नवनियुक्त सदस्यलाई मन्त्री श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका छन्।त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि मंगलबार शपथ ग्रहण गरेका छन्।

ADVERTISEMENT

नयाँ नियुक्तिसँगै प्राधिकरणको सञ्चालक समितिले संस्थागत निर्णय प्रक्रिया र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।नेपाल विद्युत् प्राधिकरण देशको विद्युत् उत्पादन, प्रसारण तथा वितरण व्यवस्थापनको प्रमुख निकाय हो।

 

ADVERTISEMENT