काठमाडौं । जेन–जि आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्।
प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्। साथै, उपचार प्रक्रिया र आवश्यक सहयोगका विषयमा चिकित्सकहरूसँग पनि उनले छलफल गरेकी थिइन्।
गत भदौ २३ गते भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जनाको ज्यान गएको थियो। पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या बढेर ५१ पुगेको छ। यस्तै, देशका विभिन्न अस्पतालमा हाल पनि १,७०० भन्दा बढी घाइतेको उपचार जारी रहेको बताइएको छ।
तस्बिरहरु













