काठमाडौँ । शुक्रबारदेखि ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तर्राष्ट्रिय प्रदर्शनी प्रारम्भ भएको हो ।

प्रदर्शनीको नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, सामुदायिक वन उपभोगता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल प्लाइउड उत्पादक संघका होमप्रसाद घिमिरे, र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्तरुपमा उदघाटन गरे ।

ADVERTISEMENT

प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस सोलुसन प्रालि’द्वारा आयोजित प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ ।

ADVERTISEMENT

विभिन्न १० देशका दुई सय ५० बढी कक्ष छन् । करिब १५ हजारभन्दा बढी व्यावसायिक दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

ADVERTISEMENT

नवप्रवर्तन, दिगोपन र आधुनिकीकरणमा केन्द्रित यस प्रदर्शनीले काठ तथा फर्निचर उद्योगसँग सम्बन्धित नवीन प्रविधि, उपकरण र सामग्रीको प्रदर्शन गर्दै व्यावसायिक सहकार्य एवं लगानीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । प्रदर्शनीले उत्पादक, आयातकर्ता, व्यापारी, वितरक, रूपान्तरणकर्ता तथा उपभोक्ताबीच अन्तरक्रिया सहज बनाउँदै नयाँ उत्पादन र अत्याधुनिक प्रविधिको सार्वजनिकरणलाई प्राथमिकतामा राखेको आयोजकको भनाइ छ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आमनागरीकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियरस तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने छ । यो प्रदर्शनीले नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने विश्वास व्यक्त गरिएको छ ।