काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति आक्रोश प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मेयर साम्पाङले संकटका बेला लुक्ने, सडकमा आउन नसक्ने, अरुले दिएको अभिमतलाई अरूलाई बुझाइदिने र असहज परिस्थितिको सामना गर्न नसक्ने व्यक्तिलाई नेतृत्व मानिरहेकै कारण देशले न त निकास पाएको छ, न त विकास भएको उल्लेख गरेका छन् ।
‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास !’ साम्पाङले लेखेका छन् ।
साम्पाङको यस अभिव्यक्तिलाई काठमाडौं मेयर शाहमाथि गरिएको प्रत्यक्ष कटाक्षका रूपमा लिइएको छ । हिजो मेयर बालेनले आफ्नो सम्मजिक संजाल मार्फत पूर्व प्रधानन्यायधिस शुशिला कार्की समर्थन गर्दै मेयर हर्क साम्पाङ्ग लाइ लक्षित गर्दै “अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।” भने पछि आज हर्क साम्पाङ्गले बालेनलाइ लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएको विश्लेषण गरिएको छ ।












