काठमाडौं, बालुवाटारस्थित प्रधानमन्त्री निवासको मुख्य गेटमा आन्दोलनकारीले आगो लगाएका छन्। आज विहानैबाट सुरु भएको प्रदर्शन तीव्र बनेपछि प्रदर्शनकारीले गेटमा तोडफोड गर्दै आगजनी गरेका हुन्।

आकस्मिक घटनापछि प्रहरीको ठूलो टोली परिचालन भए पनि स्थिति नियन्त्रणमा लिन नसक्दा नेपाली सेनालाई समेत परिचालन गरिएको छ। सेनाले निवास परिसरलाई घेरेर अवस्था नियन्त्रणमा लिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार आन्दोलनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुरक्षा घेराभित्र पसेको प्रयास गरेका थिए। आगजनीबाट गेटको ठूलो भाग क्षतिग्रस्त भएको बताइएको छ।

ADVERTISEMENT

हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन। तर, घटनास्थल वरपर सुरक्षा कडाइ गरिएको र थप भिडन्त रोक्न निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

ADVERTISEMENT