काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री शुशीला कार्कीलाई बालुवाटारमा भेटेर आगामी राजनीतिक रणनीति र निर्वाचनमा गरेको सहयोगबारे छलफल गरेका छन्।कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल आज बालुवाटार पुगेका थिए। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। स्रोतका अनुसार, छलफल मुख्य रूपमा निर्वाचनमा कांग्रेसले खेलेको भूमिका, आगामी रणनीति, पार्टी एकता र भविष्यका राजनीतिक कदममा केन्द्रित रहेको थियो।

प्रधानमन्त्री कार्कीले छलफलमा कांग्रेसको सक्रिय सहयोगले निर्वाचन प्रक्रियालाई सुचारु र प्रभावकारी बनाउन ठूलो योगदान गरेको उल्लेख गर्दै नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन्। उनले भनेकी छिन् कि निर्वाचन परिणामबाट विचलित नहुनु र राजनीतिक सक्रियतामा निरन्तरता राख्नु अहिले सबैको जिम्मेवारी रहेको छ।

ADVERTISEMENT

बैठकमा प्रधानमन्त्री कार्कीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण पनि उल्लेख गरेकी थिइन्। उनले भनेकी छिन् कि गान्धीले चुनाव हार व्यहोर्दा पनि विचलित नभई अघि बढेर देशको नेतृत्वलाई मजबुत बनाएकी थिइन्। यो सन्दर्भ कांग्रेसका नेताहरूलाई पनि लागू हुनेगरी उनीहरूले आफ्नो भूमिका सक्रिय र जिम्मेवार ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।

ADVERTISEMENT