काठमाडौं  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत आम नागरिकलाई संयमता अपनाउन र घर फर्कन आग्रह गरेका छन् । उनले लेखेका छन्, “देश तपाईंहरुकै हातमा हो, तपाईंहरूले नै बनाउनुपर्ने हो । अब हुने क्षति हामी सबैको नै हुनेछ, त्यसैले कृपया घर फर्कनुहोस् ।”

ADVERTISEMENT

हाल देशभर बढ्दो असन्तोष र आन्दोलनबीच बालेनको यो अपील सार्वजनिक भएको हो । उनले सबैलाई जिम्मेवार र शान्तिपूर्ण ढंगले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT