काठमाडौं। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।पर्सा जिल्ला अदालतले लिखत किर्ते सम्बन्धी कसुरमा मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै उक्त अनुमति गत जेठ ८ गते नै प्रदान गरिएको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा अनुसन्धान अघि बढाउन अदालतले पक्राउ अनुमति दिएको हो ।

ADVERTISEMENT

प्रहरीले अदालतको आदेशअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।घटनाबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।