काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बन्द भएको छ। आज नेप्से परिसूचक ११.५२ अंक घटेर २७०८.२५ विन्दुमा झरेको छ।
पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार पाँच अर्ब १४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३३४ स्टकको ५८ हजार ८७ पटकको कारोबारमा चार अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँबराबरको एक करोड ११ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर कम्पनीको २९ करोड ९९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २७ करोड र एभरेष्ट बैंकको कारोबार रकम २२ करोड नाघेको छ।

हिम स्टार ऊर्जा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशत अर्थात् ३५ रुपैयाँ ५० पैसा बढेर ३९१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य ५.८३ प्रतिशत रयुनिभर्सल पावर कम्पनीको शेयरमूल्य ५.१२ प्रतिशत बढेको छ।

ADVERTISEMENT