काठमाडौं । मंगलबार पशुपतिनाथ मन्दिरमा लाग्ने तीज मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरीले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब सात सयजना जनशक्ति परिचालन गरेको छ । जसमा एक सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारी छन्।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपत् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमान्डमा मंगलबार राति २ बजेदेखि ड्युटी परिचालन गरिएको हो ।

पशुपतिपरिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा कमान्ड पोस्ट स्थापना गरिएको र मेलाको सम्पूर्ण कमान्ड नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

ADVERTISEMENT

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गर्न लागिएको छ। नेपाल एपिएफ अस्पतालको महिला चिकित्सकसहितको स्वास्थ्यकर्मीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सशस्त्रका सहप्रवक्ता थापाले जनाए ।

ADVERTISEMENT

ADVERTISEMENT