काठमाडौं । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करिब पाँच क्विन्टल गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल का प्रवक्ता विष्णुप्रसाद भट्ट का अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइराखिएको १६ बोरा गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस चतराबाट इन्स्पेक्टर मेघराज राउत तथा सुरक्षा बेस रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले ४७५ किलोग्राम गाँजा फेला पारेको जनाएको छ ।
नदीको बीच टापुमा गाँजा लुकाइएकाले सशस्त्र प्रहरीले र्याप बोट प्रयोग गरी गाँजा नदीबाट बाहिर निकालेको थियो ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता भट्टले जानकारी दिएका छन् ।
सप्तकोशीको टापुबाट करिब पाँच क्विन्टल गाँजा बरामद






