काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सरुवाबारे जानकारी दिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका उपरीक्षकहरूलाई सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब भत्ता तथा रासन पाउने गरी विभिन्न कार्यालयहरूमा काज/सरुवा गरिएको जनाइएको छ। यो सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ।

ADVERTISEMENT

यस सम्बन्धमा आवश्यक व्यहोरा अभिलेख किताबमा जनाई दिनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौर, काठमाडौँलाई पत्रमार्फत अनुरोध गरिएको छ।

ADVERTISEMENT

साथै सम्बन्धित कार्यालयहरूलाई पनि अभिलेख किताबमा आवश्यक व्यहोरा जनाउन बोधार्थमार्फत जानकारी गराइएको छ।

766051828_4519345018346989_6822584129736715132_n765315084_2250045815832226_4464582854673136167_n765928103_1239649975902951_8041064048512975274_n766319913_1656801226445085_1867663632434563299_n767299854_2178053639431974_102626552956593316_n765715390_1043170161912958_1897012490670343325_n764986416_1397406718936068_4054773787415206289_n