काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। उनी नेकपा संयोजकसमेत हुन् ।
प्रतिनिधिसभामा नेकपाका १७ सांसद छन्। ऊ संसदको चौथो ठूलो दलसमेत हो । यसअघिको चौथो दल रास्वपा अहिले झन्डै दुई तिहाइ बहुमतको साथ पहिलो दल बनेको छ । अन्य दलले ४० सिट पनि कटाउन सकेका छैनन् ।
नेकपामा प्रचण्ड, वर्षमान पुन, मातृका यादवबाहेक कुनै ठूला नेताले चुनाव जित्न सकेनन् । नेकपाले प्रत्यक्षमा आठ र समानुपातिकमा नौ गरेर १७ सिट जितेको छ । नेकपाले प्रमुख सचेतक र सचेतक अझै मनाेनीत गरेकाे छैन ।








