काठमाडौं । गत आर्थिक वर्ष २०८१÷८२ मा २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४३.३९ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख २१ ह्जार रुपैयाँ नाफा कमाएका थिए । गत आवमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसको नाफा १५.०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा नबिलले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यसले ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।
धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ ।

बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा सञ्चालनमा रहेका २० बैंकमध्ये ३ को नाफा घटेको छ भने अरु सबै बैंकको बढेको छ ।

वितरणयोग नाफाका आधारमा सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ । एभरेष्टले ३८.२७ प्रतिशत लाभांश दिने क्षमता राख्दा सानिमा दोस्रो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो स्थानमा छ ।