काठमाडौं । वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो १० महिना अर्थात् वैशाख मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी चार खर्ब ११ अर्ब २२ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा २५ अर्ब ९० करोड १० लाख रुपैयाँले बढी हो। गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी तीन खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकले छुट्टाछुट्टै रूपमा वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजीलाई आधार मानेर सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने कृषि विकास बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले क्रमशः २७ अर्ब पाँच करोड ७० लाख र ३४ अर्ब १२ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन्। त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंकले क्रमशः १० अर्ब चार करोड २४ लाख, २१ अर्ब ६५ करोड ६६ लाख र १० अर्ब ८९ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन्। एभरेस्ट बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकले पनि क्रमशः १२ अर्ब ९४ करोड ४७ लाख, २६ अर्ब २२ करोड ५९ लाख र २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन्।

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंक, प्राइम बैंक र सानिमा बैंकले पनि क्रमशः १४ अर्ब ७६ करोड ९० लाख, १९ अर्ब ४० करोड २६ लाख र १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन्। माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंकले क्रमशः ११ अर्ब ६२ करोड १४ लाख, १४ अर्ब ९१ करोड ७६ लाख र ३८ अर्ब ११ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन्। एनएमबी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः १८ अर्ब ३६ करोड ६७ लाख, २३ अर्ब ५४ करोड २५ लाख, १४ अर्ब नौ करोड र १५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको राष्ट्र बैंकले जनाएको छ।

ADVERTISEMENT

वाणिज्य बैंकहरूले कायम गरेको चुक्ता पुँजी (रकम रु. करोडमा)

ADVERTISEMENT