काठमाडौं । २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ।

ADVERTISEMENT

भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतविन्दुबाट ०.०३१५ प्रतिशत विन्दु घटेर ४.१३६ प्रतिशत विन्दुमा झरेको छ । संस्थागत निक्षेपको औसत दर ३.११६ प्रतिशत विन्दुबाट घटेर ३.०८१ प्रतिशतविन्दुमा झरेको छ।

ADVERTISEMENT

भदौका लागि पाँँचवटा बैंकहरूले ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशत विन्दु र संस्थागततर्फ ०(२ प्रतिशत विन्दुले ब्याजदर कटौती गरी नयाँ दर क्रमश: ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम गरेको छ।

नेपाल बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु र संस्थागतमा ०.५ प्रतिशत विन्दु घटाएर क्रमश: ४.१५ प्रतिशत र ३.५ प्रशित कायम गरेको छ।
सिटिजन्स बैंकले व्यक्तिगत दर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन्।

ADVERTISEMENT

नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदर तोकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, र ग्लोबल आइएमई बैंकसहित कुल १५ वटा बैंकहरूले साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। कर्जाको मागमा आएको सुस्तता र बैंकहरूमा रकम थुप्रिने क्रम जारी रहेकाले निक्षेपको लागत घटाउन बैंकहरूले ब्याजदरमा कटौतीको रणनीतिलाई नै निरन्तरता दिएका हुन्।