काठमाडौं । प्रसिद्ध पोर्चुगाली फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले विवाह गर्ने भएका छन् । लामो समयदेखि जर्जिना रोड्रिग्वेजसँगको प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गर्न लागेका हुन् ।

रोनाल्डो र जर्जिना रोड्रिग्वेजले सामाजिक सञ्जालमार्फत विवाहको घोषणा गरेका हुन्। सन् २०१६ मा म्याड्रिडस्थित गुच्ची स्टोरमा पहिलो भेट भएपछि करिब नौ वर्षको प्रेम सम्बन्धपछि उनीहरूले आफ्नो नयाँ जीवनको यात्रा सुरु गर्ने तयारी गरेका हुन्।

ADVERTISEMENT

जर्जिनाले सोमबार आफ्नो इन्स्टाग्राममार्फत एक तस्बिर सार्वजनिक गर्दै औंठीमा चम्किरहेको ठूलो हीराको औंठीसहित ‘एस आई डु, यस जीवनमा र प्रत्येक जीवनमा’ भन्ने भावपूर्ण क्याप्सन लेखेकी छन् । यो औंठीको मूल्य युरो ५ देखि १२ मिलियनसम्म अनुमान गरिएको छ, जसको तौल ४० क्यारेटभन्दा बढी रहेको बताइएको छ।

रोनाल्डो र जर्जिनाका क्रिस्टियानो जुनियर, जुडुवा एभा र माटेओ, छोरी अलाना र जुडुवा बेला तथा एञ्जेल (जसमा एञ्जेलको जन्मकै समयमा निधन भएको थियो) गरी पाँच सन्तान छन् । विवाहको घोषणापछि दुवैलाई विश्वभरका प्रशंसकहरूले सामाजिक सञ्जालमा शुभकामना र बधाई सन्देश पठाइरहेका छन्।

ADVERTISEMENT