काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा स्थान सुरक्षित गरेको छ।

टोरन्टोमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५२औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

ADVERTISEMENT

खेलको ६६औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई क्रिस्टियानो रोनाल्डोले सफलतापूर्वक गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

निर्धारित समयको इन्जुरी समयको ९२औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए।

ADVERTISEMENT

खेलको अन्तिम क्षणमा क्रोएसियाले बराबरी गोल गरे पनि भीएआर परीक्षणपछि अफसाइड ठहर हुँदा उक्त गोलले मान्यता पाएन।

यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको छ। अब पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।