काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेर बन्द भएको छ। सोमबारकै क्रमलाई पुँजीबजारले आज पनि निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार भएको छ।

सोमबार दुई अर्ब ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३४६ स्टकको ४५ हजार ५१९ पटकको कारोबारमा तीन अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको ७८ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज सिटी होटल कम्पनीको २३ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। साहस ऊर्जाको नौ करोड र आँखु खोला जलविद्युतको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशत बढेको छ। नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको सिटी होटलको सेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशत घटेको छ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ । आज विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।